काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबारबाट २३ औं चरणका खेलहरु सुरु हुँदैछन् ।
मंगलबार दशरथ रंगशालामा २३ औं चरणका दुई खेल हुनेछन् । दिउँसो ३ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
साँझ ६ बजे हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाईटेड भिड्नेछन् ।
तपाइँको प्रतिक्रीया