२०८२ जेठ २१ मङ्गलबार

राशिफल

भारतमा यात्रुबहाक बस दुर्घटना, १० जनाको मृत्यु

भारतको जम्मुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

पञ्जावको अमृतसरबाट तीर्थ यात्रीहरु लिएर गएको बस मंगलबार विहान जम्मुको जज्जर कोल्टी क्षेत्रको एउटा खोंचमा दूर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।

घटनामा डेढ दर्जन घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । बसमा ७५ जना यात्रु रहेको जनाइएको छ ।