२०८२ जेठ २१ मङ्गलबार

राशिफल

सिन्धुलीमा सर्पले डस्दा दुई बालकको ज्यान गयो

काठमाण्डौ :  सिन्धुलीमा सर्पले डस्दा दुई बालकको ज्यान गएको छ ।

दूधौली नगरपालिका-१ कुर्थौली बस्ने गणेश पहाडीका दुई छोरालाई राति सुतिरहेकै ठाउँमा सर्पले डसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पहाडीका छोराहरु १३ वर्षका ग्रिस र ३ वर्षका ग्रिस्मको ज्यान गएको हो ।

प्रहरीका अनुसार सिमेन्ट र ब्लकले बनेको टालीको छानो भएको एक तल्ले घरमा आमाबुबासँगै सुतिरहेका छोराहरुलाई सर्पले डसेको हो ।

आमा गङ्गा पहाडीले राति ३ बजे छोराहरु छट्पटाएको थाहा पाएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि जानकी हेल्थ केयर जनकपुर लगिएको थियो ।