काठमाडौं : पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हात पारेको छ ।
पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि आलोचित बनेको नेपाली महिला क्रिकेट टोलीले दोस्रो खेलमा संयमित प्रदर्शन गर्दै जित हात पारेको हो ।
यूकेएम क्रिकेट ओभलमा मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । नेपालले पहिलो खेल ५ विकेटले गुमाएको थियो । दोस्रो खेलमा जित हात पारेसँगै शृंखला बराबरीको अवस्थामा पुगेको छ । दुई टोलीबीचको तेस्रो खेल बिहीबार हुनेछ ।
तपाइँको प्रतिक्रीया