२०८२ जेठ २२ बुधबार

राशिफल

महोत्तरीको एनएमबी बैंकको शाखामा झन्डै ३५ लाख रुपैयाँ लुटपाट

काठमाण्डौ  :  महोत्तरीको महोत्तरी बजारमा एनएमबी बैंकको शाखामा लुटपाट भएको छ । आज मङ्गलवार दिउँसो सााढे १२ बजेतिर महोत्तरी गाउँपालिका–२ महोत्तरी बजारको एनएमबी बैंकको शाखामा नचिनेका मानिसको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ ।

चार जनाको समूहमा आएका लुटेराले पेस्तोल देखाएर लाइनमा बसेका सेवाग्राही र बैंकको काउन्टरबाट झन्डै ३५ लाख रुपैयाँ लुटेका महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले बताउनुभयो ।

सीसीटीभीमा देखिएको फुजेटअनुसार लुटेराले ढुक्कसँग लुटपाट गरेका छन् ।