२०८२ जेठ २२ बुधबार

राशिफल

सरकारले सांसद विकास कोष व्युताउन नखोजेको अर्थमन्त्री महतको दावी

काठमाडौं  :  अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले सांसद विकास कोष व्युताउन नखोजेको दावी गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले सांसद विकास कोष ब्यूँताएको नभएर नयाँ अवधारणासहित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएको बताउनुभएको हो ।

उहाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सांसदहरूको भूमिका आयोजना छनौट गर्ने मात्रै भएको जिकिर गर्नुभयो । त्यस्तै उहाले आफ्नो क्षेत्रमा आवश्यक आयोजनाका बारेमा सांसदहरुलाई नै बढि जानकारी हुने भएकाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएको जिकिर गर्नुभयो ।

मन्त्री महतले पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको भन्दै यसको कार्यान्वयनमा आशंका नगर्न आग्रह गर्नुभयो ।