काठमाण्डौ : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।
मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले आर्मीलाई २–० गोलले हरायो । जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोबीले गरे ।
यो जितसँगै जावलाखेल युथ क्लब अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
तपाइँको प्रतिक्रीया