काठमाडौं : मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका बिषयमा छलफल भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई उपलव्धीमुलक बनाउने बिषयमा छलफल भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
उहाले भारत भ्रमणको एजेण्डा र टोलीको टुङ्गो लागिसकेको बताउनुभयो । बैठकमा नागरिकताका बिषयमा छलफल भएको भन्दै संवैधानिक अधिकार प्रयोग गरेर राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास लिइएको उहाले बताउनुभयो ।
तपाइँको प्रतिक्रीया