२०८२ जेठ २२ बुधबार

राशिफल

कांग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन

काठमाडौं  :  नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डे निधन भएको छ ।

क्यासरबाट पीडित रहहनुभएकी पाण्डेको काठमाडौंमा उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो । पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कार भएको को पारिवारिक स्रोतले जनाएको छ । सर्लाही– २ बाट २०४८ र ०५१ मा प्रत्यक्ष निर्वाचित भएकी पाण्डे २०७४ मा समानुपातिक सांसद हुनुहुिन्थयो । ०५६ सालमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री हुनुभएको थियो ।

२०२५ सालदेखि राजनीतिमा लाग्नुभएकी पाण्डे पद्मकन्या कलेजको स्ववियु सभापति समेत हुनुुभएको थियो । नेपाल महिला संघमा अध्यक्षको जिम्मेवारी समेत सम्हानुभएकी पाण्डे पार्टीको ११ औं महाधिवेशनमा पार्टीको केन्द्रीय समिति सदस्य बन्नुभएको थियो ।