२०८२ जेठ २२ बुधबार

राशिफल

आफ्नो भारत भ्रमणबारे प्रधानमन्त्रीद्धारा राष्ट्रपति पौडेललाई जानकारी

काठमाडौं  :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनुभएको छ ।

बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले आज बाटै हुन लागेको आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।