२०८२ जेठ १९ आइतबार

राशिफल

छुट सुविधाको विवरण नदिने ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न मेयर शाहको आग्रह

काठमाण्डौ  :  काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले छुट सुविधाबारेको विवरण नदिने ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्नुभएको छ ।

विपन्न एवम् लक्षित वर्गलाई स्वास्थ्य संस्थाबाट कुल शय्याको १० प्रतिशत निःशुल्क उपचार तथा त्यसबारेको विवरण उपलब्ध गराउन यसअघि महानगरले आफ्नो क्षेत्रभित्रका स्वास्थ्य संस्थालाई सूचित गरेको थियो ।

तर ती स्वास्थ्य संस्थाले विवरण नदिएकोबारे मेयर शाहले स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई भेटेर नै ध्यानाकर्षण गराउनुभएको हो ।

मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षणसहित अटेरी गर्नेलाई कारबाही गर्न आग्रह गर्नुभएको छ ।

मन्त्रालयले ती स्वास्थ्य संस्थालाई ७ दिनभित्र कानुनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने मेयर शाहले चेतावनी दिनुभएको छ ।