२०८२ जेठ २० सोमबार

राशिफल

कोशी प्रदेश सरकारबाट बाहिरिने जसपाको निर्णय

काठमाडौं  :  जनता समाजवादी पार्टी ९जसपा० कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा रहेको आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ।

सुनसरीको इटहरीमा बुधबार सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ गते सहभागी भएकी थिइन्। जसपाले सरकारबाट फिर्ता आउने विषयमा गरेको निर्णयबारे आजै पत्रकार सम्मेलनमार्फत जानकारी दिने भएको छ।