काठमाडैं, जेठ १७ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि सहज जित हासिल गरेको छ ।
बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटोलाई ३–१ गोल अन्तरले हराएको हो । जितसंगै मछिन्द्रले २३ खेलमा ३९ अंक जोडेको छ । समान खेल खेलको सातदोबाटोको २९ अंक रहेको छ ।
त्यस्तै बुधबार नै च्यासल मैदानमा भएको खेलमा थ्री स्टार क्लव र संकटा क्लवले गोलरहीत बराबरी खेल्दै अंक बाँडेको छ । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
यस बराबरीसँगै थ्री स्टारले २३ खेलमा २७ अंक जोडेको छ । संकटाले २३ खेलमा २७ अंक जोडेको छ ।
तपाइँको प्रतिक्रीया