२०८२ जेठ २२ बुधबार

राशिफल

नागरिकता विधेकय प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा

काठमाडौं :  लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक भएको जनाएको छ ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर नागरिकता विधेकय प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।