काठमाण्डौ : हिजो भाउ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरि बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आज तोलामा ५ सय रुपैयाँले बढेर सुन तोलाको एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।
यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको थियो ।
आज फेरि तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ अझै बढ्ने सम्भावना रहेको महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रीया