२०८२ जेठ २४ शुक्रबार

राशिफल

शरणार्थी प्रकरणः खाण र टेकनाथ रिजालको बयान आजवाट सुरु

काठमाडौं   :  नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजवाट सुरु हुदैँछ ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पुर्व गृहमन्त्री खाँड र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो ।

सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री रायमाझी, पुर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हिजो बयान लिएका थिए ।

आज खाण, रिजाल र हरिभक्त महर्जनको बयान लिने कार्य आजवाट सुरु हुनेछ ।