२०८२ जेठ २६ आइतबार

राशिफल

प्रधानमन्त्री प्रचण्ड इन्दोर प्रस्थान

gofFlbNnL, !* h]7M k|d bfxfn ;+o’Qm kqsf/ ;Dd]ng ;Daf]wg ef/t e|d0fdf /xg’ePsf k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú ef/tLo k|wfgdGqLsf] sfof{no x}b/fjfb xfp;df laxLaf/ cfof]lht ;+o’Qm kqsf/ ;Dd]ngdf ;Daf]wg ug'{x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं  :  भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत् मध्य प्रदेशको इन्दोर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले इन्दोरमा रहेको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा उहाँले मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले सम्पादन गरेको कामको बारेमा उहाँले जानकारी लिने कार्यसूची छ ।

फोहर व्यवस्थापनमा सकारात्मक परिणाम देखिएको इन्दोरको असल र सफल अभ्यासको अवलोकनपछि प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

शनिवार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले ‘टीसीएस इन्फोसिस’ विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।