काठमाडौं : काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने यातायातका साधनहरुलाई गोंगबु बसपार्क केन्द्रीत गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै असार १ गतेभित्रै बसपार्क बाहिर रहेका लामो तथा मध्यम दुरीका यातायातका साधन गोंगबू बसपार्कबाट सञ्चालन हुने व्यवस्था गर्न र बसपार्क बाहिर रहेका टिकट काउन्टरहरु बन्द गर्न निर्देशन दिएको हो ।
सरोकारवालाहरुसँगको बैठकबाट यस्तो निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशनको अवज्ञा गर्नेहरुलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँगको समन्वयमा नगर प्रहरीले कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
तपाइँको प्रतिक्रीया