काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण पूरा गरेर शनिबार स्वदेश फर्किँदै हुनुहुन्छ ।
यसअघि शुक्रबार प्रधानमन्त्री दाहालले भारतको मध्य प्रदेशस्थित उज्जैनको भ्रमण गर्नुभएको थियो ।
नयाँदिल्लीमा राजनीतिक भेटघाट सकेर विशेष विमानमार्फत शुक्रबार इन्दौर प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहालले त्यहाँको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकनका साथै पूजापाठ गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहाल दिउँसो इन्दौरबाट दिल्ली फर्किने र अपराह्न दिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
तपाइँको प्रतिक्रीया