काठमाडौं : मोरङको सुन्दरहरैँचा नगरपालिकाको एक विद्यालयका लेखापाल आगोले जलिरहेको अवस्थामा भेटिएका छन्।
सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शनिबार बिहान शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।
विद्यालयमा कार्यरत ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार मनिलको शरीरका अधिकांश भाग आगोले जलेको छ। गम्भीर अवस्थाका मनिललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल लगिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफैंलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।
तपाइँको प्रतिक्रीया