काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सभापतिलाई गाली गरेर पार्टी बलियो नहुने बताउनुभएको छ ।
शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने भन्दै पार्टी बनाउनका लागि जनतामाझ जानुपर्ने बताउनुभएको हो ।
उहाले आफुनो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलीको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने जिकिर गर्नुभयो । सभापति देउवाले आगामी दिनमा आफु पार्टीको सभापति नवन्ने स्पष्ट पार्नुभयो । उहाले कुन कुरा कता बोल्नुपर्छ भन्ने कुरा पार्टीका नेताहरुले बुझ्नुपर्ने जिकिर गर्नुभयो ।
तपाइँको प्रतिक्रीया