काठमाडौं : नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
नागरिकता विधेयक राष्ट्रघाती भएकाले यसलाई खारेज गर्नुपर्ने भन्दै संगठनले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नेपालीलाई नेपालमा नै अल्पमतमा पार्ने षडयन्त्र बन्द गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै उनीहरुले गैर नेपालीलाई नेपाली नागरिकता दिने उदेश्यले नागरिकता विधेयक प्रमाणीकरण गरिउको आरोप लगाएका छन् ।
तपाइँको प्रतिक्रीया