२०८२ जेठ २० सोमबार

राशिफल

वचत फिर्ताको माग राख्दै काठमाडौंमा सहकारी पिडितको विरोध प्रदर्शन

काठमाडौं । सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिले वचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

सहकारी वचतकर्ता पीडितहरुले सहकारीहरुले फिर्ता नगरेको सर्वसाधारणको वचत रकम फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्म याचना गर्दा पनि सुनुवाइ नभएको बताए ।