२०८२ जेठ १९ आइतबार

राशिफल

नक्कली शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुँदै

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबारबाट थुनछेक बहस सुरु हुँदैछ ।

पक्राउ परेका १८ जनाहरुको बयान शुक्रबार सकिएपछि आइतबारबाट थुनछेकको बहस सुरु हुन लागेको हो ।

सबै अभियुक्तले अदालतमा इन्कारी बयान दिएका छन् । यो प्रकरणमा पक्राउ परेका ‘हाइप्रोफाइल’ अभियुक्तको पक्षबाट पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका अध्यक्षसम्म बहसमा उत्रिदैछन् ।