२०८२ जेठ २१ मङ्गलबार

राशिफल

मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला नेपाललाई

काठमाडौं  :  नेपालले मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला जितेको छ ।

आज भएको पाँचौँ तथा निर्णायक खेलमा घरेलु टोली मलेसियालाई तीन विकेटले हराउँदै नेपालले शृङ्खला ३–२ ले जितेको हो ।

नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । हिजो भएको चौथो खेल नेपालले ४ विकेटले हारेको थियो ।