काठमाडौं :: नेपाल किसान मजदुर पार्टीले नागरिकता विधेयक प्रमाणीकरण भएको बिरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ ।
आईतबार पार्टीका संगठनका नेता, कार्यकर्ताहरु भेला भइ जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नगरिकता विधेयक प्रमाणीकरण गर्नुभएको र नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरित भएको भन्दै बिरोध प्रदर्शन गरेको हो ।
प्रर्दशनकारीहरुले देशभक्त नेपाली एक होऔँ, देशघाती नागकिरता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा र ब्यानर देखाएर प्रदर्शन गरेका थिए ।
बिरोध प्रदर्शन काठमाडौंको कोटेश्वरदेखि संसद भवनसम्म भएको थियो ।
तपाइँको प्रतिक्रीया