२०८२ जेठ २१ मङ्गलबार

राशिफल

बैतडीमा भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु

काठमाडौं  : बैतडीमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका-५ का शंकर दत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार कलौनी भिरबाट करिब आठ सय मिटर तल खस्दा प्रेम कलौनीको टाउको तथा शरीरका विभिन्न भागहरुमा चोट लागि मृत्यु भएको हो ।  घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।