काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्नु भएको छ ।
केही व्यापारिक घरानाका निकट मानिएका अनधिकृत व्यक्तिलाई करको दर हेरफेरमा संलग्न गराइएको भन्दै अर्थमन्त्री डा। प्रकाशशरण महतको आलोचना भईरहेका बेला अध्यक्ष लिङदेनले त्यसबारे सत्यतथ्य पत्ता लगाउन संसदीय समिति गठन गर्नुपर्ने माग गर्नु भएको हो ।
अध्यक्ष लिङदेनले बजेट आउनु अघिल्लो दिन ठूलो मात्रामा गाडीहरु आयात हुनु र भोलीपल्ट करको दर हेरफेर हुनु शंकास्पद रहेको तर्क समेत गर्नु भयो ।
तपाइँको प्रतिक्रीया