२०८२ जेठ २१ मङ्गलबार

राशिफल

अभ्यास खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाण्डौ  : आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारी अन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । दक्षिण अफ्रीकामा रहेको नेपाली टोली र नेदरल्यान्ड्सबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको थियो । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रीकाबाटै जिम्बावे जानेछ ।

जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।