२०८२ जेठ २१ मङ्गलबार

राशिफल

‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै

काठमाडौं :  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार सिजनको अन्तिम चरणको अन्तिम तीन खेलहरु हुँदैछन् ।

जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने एक खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लब दिउँसो २ बजे भिड्नेछन् ।

यस्तै, रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र थ्री स्टारबीचको खेल दिउँसो ५ः३० बजे सुरु हुनेछ ।

त्यसैगरी च्यासल मैदानमा संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । संकटा र एनआरटीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।