२०८२ जेठ २६ आइतबार

राशिफल

कला संस्कृतिको रक्षा र सम्मान गर्न सके भावी पुस्ताले उचित शिक्षा लिन सक्छ : केपी ओली

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कला संस्कृतिको रक्षा र सम्मान गर्न सके भावी पुस्ताले उचित शिक्षा लिन सक्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंको बबरमहलस्थीत आर्ट काउन्सीलमा चित्रकला प्रदर्शनीको अवलोकन गर्दै अग्रज पुस्ताले निरन्तरता दिएकै कारण अहिलेको पुस्ताले कला संस्कृतिको बारेमा जानकारी पाउन सकेको भन्दै भावी पुस्तालाई पनि उचित शिक्षा दिन यसलाई निरन्रता दिनुपर्ने बताउनुभयो ।

उहाले जिवन्त गतिशिल मावन समाजका लागि चित्रकला प्रदर्शनीले इतिहास बुझ्न प्रोत्साहन गर्ने जिकिर गर्नुभयो ।