२०८२ जेठ २५ शनिवार

राशिफल

बिहानै बाजुरामा भूकम्पको धक्का

काठमाडौं  : आज बिहानै बाजुरामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।

जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।