२०८२ जेठ २६ आइतबार

राशिफल

प्युठान स्वर्गद्वारी दर्शन गरेर फर्किँदै गरेको जीप दुर्घटना, आठ जनाको ज्यान गयो

काठमाडौं  :  प्युठानको भिङ्ग्रीमा भएको जीप दुर्घटनामा आठ जनाकै ज्यान गएको छ ।

स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ नम्बरको जीप भिङ्ग्रीको भ्यागुतेमा दुर्घटनामा परेको हो।

दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जनाकै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा ज्यान गुमाएकामध्ये जीप चालक दाङको लमही नगरपालिका–५ का ताराबहादुर कुमालको मात्रै परिचय खुलेको छ ।

अन्यको परिचय खुल्न बाँकी रहेको छ