२०८२ जेठ २६ आइतबार

राशिफल

आज पुर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फवाट थुनछेक बहस हुदैँ

काठमाडौं  : आज पुर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फवाट थुनछेक बहस हुदैँछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडको पक्षमा आजवाट २५ जना वकिलहरुले बहस गर्दैछन् ।

अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटौँमा पुर्व महान्यायधिवक्ता, नेपाल बार एशोसियसनका पुर्व र बर्तमान अध्यक्षसहित २५ जनाले बहसका लागि नाम टिपोट गराएका छन । सो पक्ररणमा मुछिएर पक्राउ परेका मध्ये अब खाँडसहित ६ जनाको थुनछेक बहस हुन बाँकी छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्य बिरुद्धको अपराध, संगठित अपराध, ठगीसहित चारवटा अभियोगमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जसमध्ये हालसम्म पक्राउ परेका १८ अभियुक्तको तर्फबाट गत बुधबारदेखि बहस सुरु भएको थियो ।