२०८२ जेठ २५ शनिवार

राशिफल

नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु

काठमाडौं  :  नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ ।

विमानस्थल संचालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर भैरहवा हुदै काठमाण्डौ जाने छ, यो अब नियमित उडान हुनेछ । नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट भैरहवाको पहिलो उडान भरेको हो ।

नेपाल एयरलाइन्सको मलेसिया– भैरहवा–काठमाडौंको उडान ‘टर्न–अराउड’ हो, हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालकदलका सदस्यहरु पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउदैन । ४ घण्टा ४५ मिनेटमा मलेसियाबाट भैरहवाको उडान तय हुन्छ भने भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं जाने छ ।