२०८२ जेठ २४ शुक्रबार

राशिफल

रिपब्लिक मिडियाको आइपीओमा माग भन्दा बढी आवेदन

काठमाडौ   नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन हो ।

जसअनुसार आज कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नुपर्नेछ । यसमा मागभन्दा बढी आवेदन परिसकेको छ । सोमबार साँझसम्ममा १ अर्ब ७ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

यस कम्पनीले जेठ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ९८१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ ।