२०८२ जेठ २६ आइतबार

राशिफल

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिटको आज सुनुवाइ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.  बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।

पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि मंगलवार सुनुवाइ हुन लागेको हो ।

माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै बिष्टले प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री डा.  भट्टराईमाथि कारबाहीको माग गरेका हुन् ।