२०८२ जेठ २५ शनिवार

राशिफल

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं : कोशी प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।

आज बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेकपा एमालेको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।