काठमाडौ : संसदीय सुनुवाई समितिमा हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउने सिफारिसमाथि छलफल सुरु भएको छ ।
प्रधानन्यायाधीश बिहान ८ बजे नै समितिको वैठकमा उपस्थित हुनु भएको हो । समितिका सदस्यहरु समक्ष कार्कीले आफ्ना योजनाहरु प्रस्तुत गर्नुभएको छ । समितिका सदस्यहरुले उहाँविरुद्ध परेका उजुरीहरुका सम्बन्धमा प्रश्न गर्ने क्रम चलिरहेको छ ।
समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । समितिले बुधबार उजुरीकर्ताहरुसँग छलफलको औपचारिकता पूरा गरेपछि कार्कीलाई बिहीबार समितिमा बोलाएको हो ।
कार्कीसँगको सुनुवाइ सकिएपछि समितिले बिहीबार नै सिफारिस अनुमोदन गर्नसक्ने बुझिएको छ ।
तपाइँको प्रतिक्रीया