काठमाडौं आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
बैठक आज बिहान ११ बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ।
यस बैठकमा मन्त्रालयगत रूपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ ।
बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने जनाइएको छ ।
तपाइँको प्रतिक्रीया