२०८२ जेठ २१ मङ्गलबार

राशिफल

राष्ट्रपति पौडेल फेरी अस्पताल भर्ना

काठमाडौं  :  राष्ट्रपति रामचन्द्र पौडेल पाँचौ पटक अस्पताल भर्ना भएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भए यता पौडेल पाँचौ पटक अस्पताल भर्ना भएका हुन ।आज राती मुटुमा समस्या देखा परे पछि शनिवार बिहानै उनलाई त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ ।

उनका स्वकिय सचिव चिरञ्जिबी अधिकारीका अनुसार राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखिएको छ । चिकित्सकको निगरानीमा रहेका पौडेलको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिएका छन ।

तीन दिन अघि पनि राष्ट्रपति पौडेललाई शहिद गंगालाल हृदय रोग केन्द्र, बाँसवारी लगिएको थियो । मुटुमा समस्या देखा परे पछि गंगालाल लगिएका पौडेलको त्यहाँ दुई दिनसम्म उपचार गरिएको थियो । डिस्चार्ज हुनु अघि सो अस्पतालको निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो ।