काठमाडौं : ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो ।
बसमा सवार २४ जना मध्ये १८ जना गम्भिरर घाइते भएका छन् भने ६ जनाको अवस्था समान्य रहेको छ ।
घाइते १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल उपचार चलिराखेको छ ।
तपाइँको प्रतिक्रीया