२०८२ जेठ १९ आइतबार

राशिफल

ताप्लेजुङको मेहेलेमा पहिरोमा परि चार जना बेपत्ता

काठमाडौं  :   ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परि एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।

घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएका हुन् ।

त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएको बताएको छ ।