काठमाण्डौ : कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
गएराति पनि यी दुई प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
मनसुन भित्रिएपछि गएको ३१ गतेदेखि गण्डकी र कोशीका पहाडी क्षेत्रमा लगातारजसो पानी परिरहेको मौसमविद् लामिछानेले बताउनुभयो । यसले गर्दा पूर्वी पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।
पाँचथर र ताप्लेजुङमा गएरातिको पहिरोमा परेर १० जना बेपत्ता भएका छन् । पानी परिरहेको क्षेत्रमा अझै पनि पहिरोको जोखिम रहेकाले त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद् आग्रह छ ।
तपाइँको प्रतिक्रीया