२०८२ जेठ १९ आइतबार

राशिफल

पाँचथरमा बाढीमा परेर पाँच जना बेपत्ता

काठमाडौं : पाँचथरमा बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् ।

शनिबार राति आएको बाढीमा परेर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाढीले ९ वटा घर बगाएको विवरण प्राप्त भएको प्रहरीको भनाइ छ ।

हेवा खोलामा आएको बाढीले पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीले ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, विवरण आउन बाँकी रहेको जनाएको छ ।