काठमाडौं : एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिता आइतबारबाट जिम्बावेमा सुरु हुदैछ ।
पहिलो दिन नेपालले घरेलु टोली जिम्बावेको सामना गर्दैछ । जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे यो खेल सुरु हुनेछ ।
जिम्बावेविरुद्धको आइतबारको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुनेछ ।
तपाइँको प्रतिक्रीया