२०८२ जेठ २१ मङ्गलबार

राशिफल

समाजवादी मोर्चा गठनका लागि बालुवाटारमा बैठक जारी

काठमाडौँ   :  समाजवादी मोर्चा गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा नेकपा माओवादी केन्द्र सहित जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)  र विप्लव नेतृत्वको नेकपा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

आगामी समाजवादी मोर्चा घोषणाका बारेमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डसहित जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच छलफल भइरहेको छ ।

समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलाई समेट्ने विषयमा छलफल हुने बताएको छ ।