२०८२ जेठ २५ शनिवार

राशिफल

बाढीपहिरोका कारण ताप्लेजुङ यातायात र सञ्चार सुविधाबाट बन्चित, ५० करोडको क्षति

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शनिबार परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधाबाट बन्चित रहेको जानकारी दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बाढीपहिरोका कारण सडक र पुलमा भएका क्षतिका कारण ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधानबाट बन्चित हुन पुगेको जानकारी दिए ।

बाढीपहिरोले हेवा खोलाको पुल र तमोर करिडोरको बेलिब्रिज भत्काएसँगै ताप्लेजुङ यातायात सेवाबाट बन्चित भएको जानकारी दिएका उनले मेची राजमार्गको हेवा खोलाको करिब ४६ मिटर पुल बगाउँदा सो राजमार्ग अवरुद्ध हुन पुगेको बताए ।