काठमाडौं : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहान पहिरो जाँदा बाबु छोराको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
पहिरोमा परि केशरबहादुर राई र उहाँका छोरा सुरेश राईको ज्यान गएको हो । यस्तै, राजकुमार राई घाइते हुनुभएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
पहिरोमा बेपत्ता भएका केशरबहादुर मृत भेटिएको र घाइते भएका सुरेशको उपचार लागि लैजाँदै गर्दा ज्यान गएको लिम्बूले बताए। घाइते राजकुमारलाई उपचारका लागि अस्पताल लैजान समस्या भइरहेको उहाँले बताए ।
शनिवार राति गएको पहिरोमा परि बेपत्ता मेहेलेका एकै घर तीन जना अझै सम्पर्कविहीन रहेका छन् ।
तपाइँको प्रतिक्रीया